प्रतितोलामा तीन सयले सुनको मुल्यमा गिरावट
काठमाडौं, श्रावण १८ । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार छ सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला तीन सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार आठ सय रुपियाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार एक सय थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपियाँले घटेर एक हजार २१० रुपियाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
बजारमा खाने तेलको मूल्य बढ्यो : व्यापारीले चाडपर्वको मौका छोपे
-
२.
सुनको भाउमा दैनिक नयाँ कीर्तिमान बन्दै : आज फेरी ६ सय रुपैयाँले बढ्यो
-
३.
विपक्षी दलहरूले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने
-
४.
अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालको क्लिन स्विप
-
५.
साफ महिला च्याम्पियनसिप : नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै