दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा, सत्य लुकाएर दीपेन्द्रलाई दोष

काठमाडौँ / नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो ।
राजदरबारभित्र भएको हत्या काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाह सहित सम्पूर्ण परिवारको मृत्यु भएको थियो।
घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्ड २३ वर्षसम्म पनि रहस्यमय नै बनेको छ । त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्याए पनि त्यसलाई धेरै नेपाली जनताले विश्वास गर्न सकेका छैनन् ।
तत्कालीन समयमा बनेको छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो । छानबिन समितिको तथ्यअनुसार युवराज दीपेन्द्रले नै राजा वीरेन्द्रको वंश नाश गरेको मानिन्छ । तर, उक्त प्रतिवेदनको दाबीलाई धेरैले विश्वास नगरेको पाइन्छ । २३ वर्षसम्म धेरै राजनीतिक परिवर्तन देशले भोगे पनि सत्ताको पुगेका नेताहरूले बाहिर बस्दा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने वाचा गरे पनि पदमा पुगेपछि तिनको प्राथमिकतामा कहिल्यै पर्दैन ।
राजतन्त्र नै हटाउने यि राजनीति दलहरुले त्यसको सत्य तथ्य छानबिन गर्ने विषयमा जनताले समर्थन गर्ने नदेखिएको कारणले पनि कसैले चासो लिएका छैनन् । राजा वीरेन्द्र शाहको वंश नास गर्ने शक्ति मार्फत नै नेपाल राजनीतिक दलहरु संचालित रहेको विभिन्न अड्कलबाजी हुने गरेका छन् । जसकारण यत्रो वर्ष बित्त्दा पनि कुनै राजनीतिक नेतृत्वले यसबारे खुलेर कुरा गर्न समेत रुचाउदैनन् । केहिले त झन् दीपेन्द्रलाई दोष लगाएर उम्कने प्रयास गर्छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस