यस बर्ष विपद्का घटनाहरूमा उल्लेख्य वृद्धि हुने विज्ञहरूको दाबी
काठमाडौं / नेपालले विगत ८ वर्षमा विपद्जन्य हानी तथा नोक्शानीका कारण करिव साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी भोगेको विज्ञहरूले बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा विज्ञहरूले आउने दिनमा जलवायुजन्य विपद्का घटनाहरूमा उल्लेख्य वृद्धि हुने बताए । बाढी, पहिरो, समुद्री आँधी लगायतका घटनाहरू बढी भन्दा बढी वृद्धि हुने उनीहरूले बताए ।
कार्यक्रममा बोल्दै जलवायु विज्ञ एवं प्रकृति रिसोर्स सेन्टरका निर्देशक प्रविनमान सिंहले आगामी दिनमा बाढी, पहिरो लगायतका घटनाहरूमा वृद्धि हुने बताए । उनले विपद्जन्य घटनाले मानवीय र प्राकृतिक प्रणालीमा ठूलो असर पुग्ने बताए । उनले जलवायुजन्य विपद्का कारण मानवीय र आर्थिक क्षतिका साथै सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि बढी असर परेको बताए ।
निर्देशक सिंहले मेलम्चीको बाढीका कारण प्राकृतिक श्रोत, इकोसिस्टम, आर्थिक, सामाजिक, सांस्कृतिक असरहरू बढी भएको उल्लेख गरे । उनले बाढीका कारण प्राकृतिक सौन्दर्यतामा पनि असर परेको बताए । उनले बाढीका कारण बसाईंसराइका समस्या समेत बढेको बताए । बाढीले घरायसी काममा महिलाहरूको बोझ झनै थपिएको बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै