अष्ट्रेलियाले ओमानलाई दियो १ सय ६५ रनको लक्ष्य
काठमाडौं / आईसीसी विश्वकप टी-२० क्रिकेटमा अष्ट्रेलियाले ओमानलाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।
वार्बाडोसस्थित किंग्सटेन ओभलमा टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनायो । अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले ५६ तथा मार्कस स्टोनिसले ६६ रन बनाए ।
वार्नरले ५१ बल खेल्दै चार चौका र १ छक्काको मद्दतमा ५६ रन बनाएर आउट भए । त्यस्तै मार्कस स्टोनिसले ३५ बलमा २ चौका र ६ छक्काको मद्दतमा ६६ रनमा नटआउट रहे ।
मिचेल मार्सले १४ रन जोडे । यस्तै ट्रेभिस हेडले १२ रन बनाउँदा टिम डेभिड १० रनमा अविजित रहे । आज पनी ग्लेन म्याक्सवेल शून्य रनमा पेभिलियन फर्किए।
ओमानका लागि मेहरन खानले २ तथा विलाल खान र कालिमुल्लाहले १/१ विकेट लिए ।
ओमानको यो दोस्रो खेल हो भने अष्ट्रेलियाले यो विश्वकपमा पहिलो खेल हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै