सोमबार प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने
काठमाडौं / प्रतिनिधिसभामा साउन ६ गते प्रधानमन्त्रीले विश्वासको मत लिँदै छन् । सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने भएको छ। सभामुख देवराज घिमिरे तथा राजनीतिक दलका प्रमुख सचेतकबीचको छलफलपछि साउन ७ प्रश्नोत्तर गर्नेगरी सहमति भएको हो।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले ७ गते प्रश्नोत्तर गर्नेगरी प्रतिनिधिसभाको दुई साताको कार्यतालिका तय भएको जानकारी दिए। सचिवालयले तयार पारेको मसौदा क्यालेण्डलाई शुक्रबारको कार्यव्यवस्था परामर्श समिति बैठकले अन्तिम रूप दिने छ ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ। नियमावलीले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ। प्रतिनिधि सभामा प्रश्नका लागि वर्णानुक्रम अनुसार सदस्यहरूको समूह विभाजन गरिएको छ। समूहका सदस्यले मात्र प्रश्न गर्न पाउने छन्।
यस्ता प्रश्न सभामुखले तोकेको दिनभित्रै सचिवालयमा दर्ता गर्ने अभ्यास छ। एक दिनमा बढीमा १५ सदस्यले प्रश्न गर्न पाउने व्यवस्था नियमावलीमा उल्लेख छ।
प्रधानमन्त्री ओलीले यो कार्यकालमा पहिलोपटक संसदमा सांसदको प्रश्नको जवाफ दिन लागेका हुन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस
-
२.
आज संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री, आजै संसदको चालू अधिवेशन अन्त्य हुने
-
३.
आज पनि बस्दैछ संवैधानिक परिषद्को बैठक
-
४.
लंका डी भिलेज रिसोर्टको ठगि : पानिको बिक्रि मूल्य ४५ राखेर ग्राहकसँग ६० रुपैंया उठाउँदै
-
५.
बेथिति र विचलनविरुद्ध आवाज उठाउँदा सरकार छाड्नु पर्यो : प्रचण्ड