शपथ लिएको एक साता बित्दा पनि लुम्बिनीका ९ मन्त्रीले जिम्मेवारी पाएनन्
दाङ / लुम्बिनी प्रदेशमा नियुक्त भएका मन्त्रीहरूको कार्यविभाजन हुन सकेको छैन। सरकार गठन भई शपथ लिएको एक हप्ता बितिसक्दा पनि मन्त्रीहरूले अहिलेसम्म पनि जिम्मेवारी पाएका छैनन्। मन्त्रीहरूको कार्यविभाजन हुन नसक्दा प्रदेश सरकारको कार्यसम्पादन प्रभावित बन्न पुगेको छ।
प्रदेश सरकारको छैटौँ मुख्यमन्त्रीको रूपमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य साउन ७ गते नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले साउन ९ गते सपथ ग्रहण गर्दै पहिलो चरणमा कांग्रेस र एमाले सहितको ९ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए।
मुख्यमन्त्री आचार्य नेतृत्व सरकारमा एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्री छन् भने कांग्रेसले पनि पाँच कोटा पाए पनि पहिलो चरणमा चा मन्त्री छन्। नियुक्त भएर सपथ ग्रहण समेत गरिसकेका मन्त्री भने अहिलेसम्म जिम्मेवारी पाएका छैन। भर्खरै मात्र भएको प्रदेश प्रमुख परिवर्तन र कांग्रेसबाट एकजना र अन्य २ साना दलबाट मन्त्री नियुक्त गरेर मात्र मन्त्रीहरूको कार्यविभाजन गर्ने मुख्यमन्त्रीको तयारी रहेको सरकार प्रवक्ता एवं विना विभागीय मन्त्री दिनेश पन्थीले बताए।
उनले अहिले दुई दलको संयुक्त सरकार बनेको हुँदा एउटा सानो कार्यदल गठन भएको र त्यसले सरकार कसरी सञ्चालन गर्ने बारेमा गृहकार्य गरिरहेको समेत बताए। उनका अनुसार अर्को कार्यविभाजन र बाँकी रहेका मन्त्रालयहरूको पूर्णता दिने र कार्यविभाजन सहितको समझदारी अनुसार सरकार अगाडि बढेको छ।
मुख्यमन्त्री सहित अन्य मन्त्रीहरूले समेत सपथ ग्रहण गरिसकेको अवस्थामा कार्यविभाजनमा ढिलाई गर्न नहुने सरकारमा सहभागी मन्त्री र सत्तासाझेदार दलहरूले बताएका छन्। उनीहरूले संघीय सरकारले प्रदेश प्रमुख परिवर्तन गरेको र नवनियुक्त प्रदेश प्रमुखले शपथग्रहण नगरेका कारण थप मन्त्री नियुक्त र कार्यविभाजनमा ढिलाई भएको भन्दै सरकारको बचाउ गरे।
यस्तै एमालेबाट मन्त्री बनेका खेम सारुले पनि साउन १६ गतेसम्म कार्यविभाजन टुङ्गो लाग्ने भन्ने भनिए पनि प्रदेश प्रमुख परिवर्तन भएका कारण ढिला भएको बताए। उनले नयाँ प्रदेश प्रमुखले बिहीबार सपथ ग्रहण लिने कुरा रहेको र त्यसपछि केही मन्त्रीहरूलाई पनि सपथ ग्रहण गराउने र मन्त्री भइसकेकाको जिम्मेवारी प्रमाणित गर्न बाँकी रहेको हुँदा एक र दुई दिनभित्रमा मन्त्रीहरूले जिम्मेवारी पाउने बताए।
लुम्बिनीमा नयाँ सरकार गठन भएपनि मन्त्रीहरूका कार्यविभाजन समयमा नहुँदा मन्त्रालयहरु कामविहीन भएका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रामबहादुर केसीले भने साउन महिनामा मन्त्रालयमा खासै काम नपर्ने भएकाले कुनै बाधा, अवरोध नहुने बताए। कतिपय फाइल आफूले सिधै मुख्यमन्त्री कहाँ लगेर स्वीकार गराएको समेत उनले बताए।
‘मुख्यमन्त्रीसँग नै अहिले सबै मन्त्रालय भएको हुँदा र अहिले मन्त्रालयमा मन्त्री नहुँदा मैले सिधै मुख्यमन्त्रीसँग फाइल स्वीकृत गराएको छु। हामीलाई काममा कुनै बाधा, अवरोध भएको छैन’, उनले भने। यस्तै कर्मचारीले वैशाखदेखि असारसम्म २४ घण्टा काम गर्ने हुँदा साउन महिनामा कर्मचारी विदा जाने हुँदा पनि मन्त्रालयमा मन्त्री नहुँदा काममा अवरोध आएको अवस्था प्रदेशम नभएको उनले बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु