दारी ग्याङले फुटसल प्रतियोगिता आयोजना गर्दै, टिम दर्ता फारम खुल्यो

काठमाडौँ / सामाजिक सञ्जाल फेसबुकमा चर्चित युवाहरुको समूह दारी ग्याङले आफ्नो पहिलो फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ। आजदेखि दारी ग्याङ फुटसल टुर्नामेन्ट काठमाडौले टिम दर्ता खुलाएको छ । यहि मिति २०८१ भाद्र १४ र १५ गते हुन गईरहेको फुटसल टुर्नामेन्ट देश भरीका ३२ टिमले लिग चरण र त्यसपछी नकआउट चरणमा प्रतिस्पर्धा गर्ने छन ।
पहिलो संकरणको प्रतियोगिता दारी ग्याङ फुटसल टुर्नामेन्ट काठमाडौले आयोजना गर्दैछ भने सो प्रतियोगीताको बिजेताले रु.५०,००० को साथ ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन। त्यस्तै उपबिजेताले रु ३०,००० को साथ मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दारी ग्याङ सक्रिय सदस्य तथा दारी ग्याङ फुटसल ब्यबस्थापन समिती सदस्य निरोज कुमार भट्टराईले बताए।
“परोपकारको लागि खेलकुद” शिर्षक दिइएको यो प्रतियोगिता सम्पन्न पश्चात बाँकि रहेको सम्पुर्ण रकम सामाजिक कार्यमा खर्च हुने जानकारी दारी ग्याङ केन्द्रिय सदस्य तथा दारी ग्याङ फुटसल टुर्नामेन्ट ब्यबस्थापन समिती सदस्य महेश्वर घिमिरेले गराए।
दारी ग्याङ नेपाली सामाजिक सञ्जालमा निकै सक्रिय सदस्य रहेको युवाहरुको समूह हो भने बिगतमा यो समुहले धेरै सामाजिक कार्य गर्दै आएको र भर्खरै दारी ग्याङ यु.के. को आर्थिक तथा सुहास डेन्टल केयरको प्राबिधिक सहयोगमा नुवाकोट लिखु गाँउपालिका-६ को एक बिद्यालयमा नि:शुल्क दन्त शिविर आयोजना गरेको थियो । दारी ग्याङले निरन्तर रक्तदान कार्यक्रम देखि अन्य क्षेत्रमा अतुलनीय योगदान गर्दै आएको यस समुहका केन्द्रिय सदस्य प्रवीण ज्ञवालीले बताए।
दारी ग्याङ फुटसलको दर्ता फारम प्रदेश तथा जिल्ला संयोजक मार्फत उपलब्ध हुने छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस