बंगलादेशमा हिंसा भड्किए पछि नेपालको सुरक्षा व्यवस्था कडा

ministry of home affairs nepal

काठमाडौँ / बंगलादेशमा आरक्षण कोटा खारेजीको मागसहित चर्कीएको आन्दोलन हिंसा र तोडफोडमा परिणत भएपछि नेपालले पनि आफ्नो सुरक्षा व्यवस्था कडाइ गरेको छ।

गृह मन्त्रालयको निर्देशन अनुसार असम्बन्धित र विदेशी नागरिकहरुको अवैध घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्ने हुँदा त्यसलाई ध्यानमा राखेर सीमा क्षेत्र र अन्तरराष्ट्रिय मार्गहरूमा उच्च निगरानी बढाइएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले परिस्थितिको मूल्याङकन गरी आवश्यक निगरानी र उच्च सतर्कता अपनाइएको जनाएको छ।

Advertisement:ministry of home affairs nepal

हाल तैनाथ गरिएको सुरक्षाकर्मीसँगै थप बल परिचालन गरी सुरक्षा व्यवस्था चुस्त बनाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, नायब महानिरीक्षक कुमार न्यौपानेले अन्यत्र मुलुकबाट मानिसहरु घुसपैठ हुन सक्छन् अवैध रुपमा र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुले आश्रय लिन सक्ने भएकाले सीमामा क्षेत्रमा जनशक्ति नै थप गरी सुरक्षा तैनाथी बढाइएको र उच्च सतर्कता अपनाइएको बताए।

बंगलादेशमा प्रदर्शन जारी रहँदा आजमात्रै प्रधानमन्त्री शेख हसिना आफ्नो पदबाट राजीनामा दिइ देश छाडेर भारत शरण लिन पुगेकी छिन्।

प्रतिक्रिया दिनुहोस् :