शेयर बजार ओरालो तर्फ लम्कदै, ठूला लगानीकर्ताले बजार छोड्दा नेप्सेमा पहिरो

काठमाडौं / यस साताभर नेप्से निरन्तर ओरालो लागेको लागेको छ। हिजो बुधबार झिनो हरियाली देखिएको नेप्सेमा आज ३६ दशमलव ८३ अंकले घट्दा २७४९ दशमलव ५७ को विन्दुमा कायम भएको छ।

सूचीकृत ३२२ कम्पनीको २ करोड ८३ लाख ४६ हजार २ सय ४६ कि त्ता शेयर खरिदबिक्रि हुँदा १२ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। म्युचुअल फण्ड बाहेकका सबै कम्पनीको शेयर राताम्मे देखिएको छ ।

Advertisement:

ठूला लगानीकर्ताले बजार छोड्दा गर्दा नेप्सेमा पहिरो गएको हो। अप्राकृतिक रुपमा बजार बढाइएको भाष्य व्याप्त भएले लगानीकर्ता धमाधम शेयर बेच्न थालेका हुन्।

 

प्रतिक्रिया दिनुहोस् :