१२७ दशमलव ३२ अंकले बढ्यो नेप्से, निराश लगानीकर्ता उत्साहित
काठमाडौं / आज सोमबार नेप्से परिसूचक १२७ दशमलव ३२ अंकले बढेको छ। यो वृद्विसँगै नेप्से २८२३ दशमलव २५ विन्दुमा पुगेको छ।
त्यस्तै, नेप्से बढेसँगै आज कारोबार समेत बढेको छ। अघिल्लो कारोबार दिन साढे १० अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा यस दिन ३३५ स्टकको १ लाख ६० हजार ५७९ पटकको कारोबारमा १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको ३ करोड १४ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आज १३ वटै उपसमूहको परिसूचक बढेको हो।
पछिल्लो समय लगातार खस्केको बजार आज ह्वात्तै बढेसँगै निराश बनेका लगानीकर्ताहरू उत्साहित भएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु