साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
काठमाडौं, २० भदौ/ नेपाली साहित्य क्षेत्रमा कलम चलाउदै आएका साहित्यकर्मीहरुको ब्यक्तित्व र साहित्यिक विशेषता झल्काउने कृति हो बरिष्ठ समालोचक युवराज मैनालीद्वारा लिखित पुस्तक : दृष्टि–दृष्टिकोण । विभिन्न विधामा आधारित झण्डै अढाइ दर्जन पुस्तकहरुको गुण र प्रभावले सिङ्गारिएको उक्त पुस्तक ‘दृृष्टि–दृष्टिकोण’ मा नेपाली भाषा साहित्यको उत्कृष्ट बिम्ब प्रस्तुत गरिएको छ ।
साझा प्रकाशनद्वारा प्रकाशित उक्त पुस्तकमा नेपाली भाषा साहित्यमा नेपालका परम्परागत र आधुनिक साहित्य संरचनाको कस्तो प्रबृति प्रचलनमा रहेको छ ? भन्ने विषयमा लेखक मैनालीले गहन रुपमा समालोचना गरेका छन् । कवि विनोद अश्रुमालीद्वारा लिखित मुक्तक सङ्ग्रह ‘एक अञ्जुली जुनकीरी’बाट पुस्तकका पाठहरुको उठान गरिएको छ । यसमा मुक्तकको आकार प्रकार र रसस्वादको बारेमा पनि गहन रुपमा समीक्षा गरिएको छ ।
त्यस्तै कवि एवं गीतकार क्षेत्रप्रताप अधिकारीको पुस्तक अकविता र रहर लागेर जस्ता पुराना एवं नयाँ पुस्तकहरुमाथि लेखक मैनालीले दह्रो दृष्टि दिएर समालोचना गरेका छन् । उनले कवि तथा गीतकार अधिकारीलाई एक सफल सर्जकको दर्जा समेत दिएका छन् । उक्त पुस्तकमा नाट्य विधा साहित्यमाथि पनि गम्भिर ध्यान दिएर यसको चर्चा गरेका छन् लेखक मैनालीले । उनले अर्का साहित्यकार जगदीश घिमिरेको लेखन शक्तिको विषयमा छर्लङ्ग हुने गरी घिमिरेद्वारा लिखित नाटक ‘सन्तान’ लाई आफूनजिकै ल्याएर चौतर्फी दृष्टि गाड्दै आफ्ुनो पुस्तक ‘दृष्टि–दृष्टिकोण’ को उचाइ बढाएका छन् ।
त्यसैगरी समालोक युवराज मैनालीको कृति ‘दृष्टि–दृष्टिकोण’मा कथा विधामा कहलिएकी नारी साहित्यकार माया ठकुरी देखिएकी छिन् । साहित्यकार ठकुरीको कृति ‘गमलाको फूल’ लाई राम्रोसँग केलाएर समालोचना गरिएको ‘दृष्टि–दृष्टिकोण’मा हास्यव्यङ्ग्य साहित्य विधाका साहित्यकार नरेन्द्र पौडेलद्वारा लिखित पुस्तक ‘मङ्कीस्टेट (बानर राज्य) को पनि राम्रैसँग चिरफार गरिएको छ । समालोचनामार्फत उक्त पुस्तकको प्रभावलाई सुगन्धको रुपमा लिएका लेखक मैनालीले सोही पुस्तको अर्को शीर्षक ‘रित्तो सहर’ भित्रका रित्तापनहरुलाई पच्छ्याएका छन् । उक्त शीर्षकमाथि आफ्नो शब्दहरु वर्षाउदै उनले कथाकार एवं निबन्धकार अनीता तुलाधरको पुस्तक ‘रित्तो सहर’ लाई आफ्नो पुस्तकको एउटा पाठ्य सामग्री बनाएका छन् ।
लेखक मैनालीको समाचालना श्रृङ्खालाको अको खुट्किलोमा नेपाली साहित्यिक फाँटमा अत्यन्तै प्रभावकारी स्रष्टा विजय चालिसेद्वारा लिखित ‘विज्ञानको कैदी’ समेटिएको छ । साहित्यकार विजय चालिसेले सन्तुलित विश्वको परिकल्पना गर्र्दै रचेको ‘विज्ञानको कैदी’ माथि समालोचक मैनालीले छड्के जाँच गरेका छन् । उनले यो पुस्तकमाथि समालोचना गर्नुलाई अर्थपूर्ण रुपमा लिएका छन् । त्यसैगरी लेखक मैनालीको कृतिहरुमाथिका समालोचना सङ्गालोमा नेपाली साहित्यकर्मी चट्याङ् मास्टरद्वारा रचित ‘चट्याङ गीता’ पनि समेटिएको छ । बाल मनोविज्ञानको सचरित्र प्रस्तुतिका रुपमा कवि बाजुराम पौडेलद्वारा रचित ‘जुनकीरी’ महाकाव्य पनि आफ्नो समालोचना सङ्गालोमा जोडेका छन् समाचोलक युवारज मैनालीले । त्यस्तैगरी मान्छेभित्र मानवतावादी स्वरका रूपमा मुक्तककार ठाकुर शर्मा भण्डारीद्वारा सृजित कृति ‘प्रकृतिमा मान्छे’ पनि उत्कृष्ट समालोचनासहित लेखक मैनालीको पुस्तक ‘दृष्टि दृष्टिकोणमा अटाएको छ ।
नवीन विषयचयनमा ‘गौराङ्ग’ खण्डकाव्य, गङ्गाका छालमा भिज्दाभिज्दै, नेपाली कथ्य परम्पराभित्र किशोर पहाडीलाई पर्गेल्दा, दर्शन, मानवता र सामयिकताको सङ्गम् : दाहाल कलानिधिको चुनिएको कविता र तीर्थराज अधिकारीको काव्यिक परिशीलन शीर्षकमा पनि साहित्यकार हरिभक्त सिग्देल‘महेश’, गङ्गा कर्चाचार्य पौडेल, किशोर पहाडी, दाहाल कलानिधि र तीर्थराज अधिकारी जस्ता लेखन क्षेत्रका सिद्धहस्तहरुको समुचित समालोचना गरेका लेखक युवाराज मैनालीले साहित्यकार राधेश्याम लेकालीको पुस्तक ‘निरङ्कुशता’ पनि आफ्नो समालोचना श्रृङ्खलालाई हस्तान्तरण गरेका छन् । स्वअङ्कुशभित्र ‘निरङ्ुकुशता’ मा घोत्लिदा शीर्षक दिएर समालोचना गरिएको उक्त पाठ्य सामग्री पाटकहरुको मनभित्र सुटुक्क बस्न नसक्ला भन्न सकिदैन ।
‘अनिदो आँखामा’ जागरणको विगुल शीषर्कमा साहित्यकार श्रीहरि फुयालद्वारा सृजित पुस्तकका साथै धरावासीका दुई पुस्तकका दुई धार शीर्षक दिएर लोकप्रिय साहित्यकार कृष्ण धरावासीको पुस्तको पनि गहिरो समीक्षा गरिएको लेखक युवराज मैनालीको दृष्टि–दृष्टिकोण पुस्तकमा यथार्थ र श्यामव्यङ्व्ग्यात्मक अभिब्यक्तिमा डा. लुइटेलको नियात्राकला शीर्षक दिएर चर्चित समालोचक डा. खगेन्द्र लुइटेलको पुस्तकको पनि समुचित समालोचना गरिएको छ । त्यसैगरी स्तम्भकार बिमल भौंकाजीद्वारा लिखित ‘जसको जोत उसको पोत’ पुस्तकका साथै डा. दुबसु क्षेत्रीको पुस्तक ‘अश्वमेघ यज्ञका घोडाहरु’ को पनि लेखक मैनालीले राम्रै समीक्षा कुँदेका छन् ।
‘पिल्सिएको परदेशी मन’ भित्रको सेरोफेरो शीर्षकमा राम लामा ‘अविनाशी’ पुस्तकभित्र छिरेर कुनाकन्दराको शाव्दिक चित्र कोरेका समालोचना साहित्यकार मैनालीले आफ्नो समालोचनाको सङ्गालो दृष्टि–दृष्टिकोणलाई बाँधेका छन् । लेखक युवराज मैनालीले ‘उलार’ भित्रको उभार, दरिलो इन्द्रिय ‘छैठौं इन्द्रिय’, ‘नीलडाम’ भित्रका नयाँघरे, त्रिकोणात्मक परिवेशमा ‘रोटीको दन्त्यकथा’, ‘शिखर चढिरहेको मान्छे’ भित्रको मान्छे अवलोकन गर्दा र समीरभित्रै पहाड समीरभित्रै अणु जस्ता शीर्षकहरुमा नयनराज पाण्डे, विद्याप्रसाद घिमिरे, युवराज नयाँघरे, लालगोपाल सुवेदी, अत्युत घिमिरे र डा. रविन्द्र समीरका पुस्तकहरुको पनि उचित दृष्टिकोणाट समालोचना गरेका छन् ।
विगत ५ दशकदेखि साहित्यको समालोचन विधामा कलच चलाउँदै आएका बरिष्ठ समालोचक युवराज मैनालीद्वारा लिखित ‘दृष्टि : दृष्टिकोण’ समालोचना सङ्ग्रहका रुपमा आमपाठकमाझ ल्याइएको हो । उक्त पुस्तकमा पृष्ठाङ्क उल्लेख नगरिएको सहित र गाताबाहेक १ सय २० पृष्ठ रहेको छ । साझा प्रकाशनद्वारा प्रकाशित एवं वितरित लेखक युवराज मैनालीको पुस्तक ‘दृष्टि–दृष्टिकोण’ को मूल्य ५ सय ८० रुपैयाँ कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु