एन्फा महिला लिग फुटबलमा आज पाँचौ चरणका खेल हुने
काठमाडौं / एन्फा महिला लिग फुटबलमा आज पाँचौ चरणको खेल हुँदैछ। पाँचौ चरणमा आइपुगेपछि पहिलोपटक आज दशरथ रंगशाला त्रिपुरेश्वरमा खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
चौथो चरणसम्मका सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा भएको थियो। पाँचौ चरणको पहिलो खेलमा दिउँसो साढे १२ बजे दुई विभागीय टोली नेपाल पुसिल र त्रिभुवन आर्मीबीच खेल हुनेछ। जारी प्रतियोगितामा पुलिस ३ खेलमा जित र एकमा बराबरी खेल्दै १० अंक जोडेर शीर्ष स्थानमा कायम छ। तीनमा जित र एकमा हारको नतिजा निकालेको आर्मी भने ९ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ।
दोस्रो स्थानमा रहेको अर्को विभागीय क्लब एपीएफले पनि ३ खेलमा जित र एकमा बराबरी खेल्दै १० अंक जोडेको छ। यस्तै दिउँसो सवा ४ बजे संकटा क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। संकटा क्लब ४ अंकसहित तालिकाको सातौँ र कोशी प्रदेश ९ अंकसहित तालिकाको चौथो स्थानमा छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु