दाजुले गरे भाइको हत्या

murder

काठमाडौं / झापाको शिवसताक्षी नगरपालिका-८ मा दाईले भाइको हत्या गरेका छन्। शितलचोक निवासी नारायण सिटौलाले बिहीबार राति भाइ रामप्रसाद सिटौलाको हत्या गरेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवनगरि झगडा गर्ने क्रममा नारायणले दाउराले हानेर भाई रामप्रसादको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए।नारायणलाई पक्राउ गरी अनुसन्धान भैरहेको छ।

Advertisement:murder

प्रतिक्रिया दिनुहोस् :