स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
काठमाडौं / निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।
आयोगले आजदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो।
निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ता आह्वान गरेको हो । स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुने भएको छ।
त्यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगको कार्यसूची छ। स्थानीय तहमा ४१ पद रिक्त छन्। दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु