आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न जापानको आग्रह

isreal-aakraman-siriya-tato-khabar

इजरायलले लेबनानमा हेजबुल्लाहविरुद्ध आक्रमण तिब्र पारेपछि जापानले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको  छ। जापानले आफ्ना नागरिकलाई लेबनानबाट निकाल्न सैन्य उडान गर्ने निर्णय गरेको छ ।

इजरायली बम विस्फोटले यो हप्ता लेबनानमा सयौँ मानिसको ज्यान लिएको छ भने दुई देशबीच द्वन्द्व चर्किरहेको छ। रक्षा मन्त्रालयले जापानी नागरिकलाई क्षेत्रबाट बाहिर निकाल्न आवश्यक भएमा वायु सेनाका विमानलाई जोर्डन र ग्रीस जानका लागि तयार रहन आदेश दिएको छ।

Advertisement:isreal-aakraman-siriya-tato-khabar

इजरायलले लेबनानमा २१ दिने युद्धविरामका लागि सहयोगीहरूको दबाबलाई अस्वीकार गरेको छ र हेजबुल्लाह लडाकुसँग लडाइँ जारी राख्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस् :