गाजाको शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा ३३ जनाको मृत्यु

gaja_war

हमास समूहका कमाण्डार मारिएपछि पनि इजरायलले जारी राखेको पछिल्लो आक्रमणमा गाजामा ३३ जनाको मृत्यु भएको छ।

उत्तरी गाजाको एउटा शरणार्थी शिविरमा भएको आक्रमणमा २१ महिलासहित ३३ जनाको मृत्यु भएको हमासका अधिकारीहरूले जनाएका छन्। जबालिया क्षेत्रमा भएको यो आक्रमणबारे इजरायलले कुनै प्रतिक्रिया दिइसकेको छैन।

Advertisement:gaja_war

इजरायली सेनाले पछिल्ला केही हप्तादेखि घना आवादी रहेका शरणार्थी शिविरहरुलाई घेराबन्दीमा राखेको छ। यसै हप्ता इजरायलले गरेको आक्रमणमा हमासका प्रमुख कमाण्डर याह्या सिनवार मारिएका थिए। उनी मारिएसँगै इजरायलले आक्रमण बन्द गर्ने र हमाससमेत पछि हट्ने अनुमान गरिएको थियो। तर आक्रमण भने रोकिएको छैन।

यसैबीच अमेरिकाले लेबनानमा युद्धविरामको सम्भावना रहेको बताएको छ। राष्ट्रपति जो बाइडेनले लेबनानमा युद्धविरामको दिशामा काम गर्ने सम्भावना रहेको भन्दै गाजामा भने युद्धविरामको सम्भावना कमजोर रहेको बताएका छन्। इजरायलले लेबनानमा हिजबुल्लाह समूह लक्षित आक्रमण जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस् :