साफ महिला च्याम्पियनसिप : आज बंगलादेश र पाकिस्तान भिड्दै

saff_champoinship_pakistan

ललितपुर / साफ महिला च्याम्पियनसिपमा आज बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

समूह ए मा रहेका यी दुई टोलीबीचको भिडन्तले सेमिफाइनलमा जाने टोलीको टुङ्गो लाग्नेछ। पाकिस्तानले पहिलो खेलमा भारतसँग ५–२ को हार भोगेको थियो भने बंगलादेशले पहिलो खेल खेल्दैछ।

Advertisement:saff_champoinship_pakistan

यो खेलको नतिजाले पाकिस्तानको अन्तिम चारमा जाने या नजाने टुङ्गो लाग्नेछ। बंगलादेशसँग पाकिस्तान पराजित भए प्रतियोगिताबाट बाहिरिने छ। जसको फाइदा एक खेल अघि नै भारत र बंगलादेशलाई पुग्नेछ।

सो नतिजाले उनीहरु सेमिफाइनलमा पुग्नेछन्। यसैगरी  जितले पाकिस्तानको संभावना जिवितै रहनेछ भने बराबरीले बंगलादेश र भारतबीचको नतिजा कुर्नुपर्नेछ।

साफ महिला च्याम्पियनसिपको इतिहासमा बंगलादेश र पाकिस्तान जम्मा एक पटक मात्र आमनेसामने भएका छन्। सन् २०२२ को काठमाडौंमै सम्पन्न छैटौँ संस्करणको समूह चरणमा बंगलादेशले पाकिस्तानलाई ६–० ले हराएको थियो।

यो प्रतियोगिताको सातौं संस्करणसम्म आइपुग्दा बंगलादेशले एक पटक उपाधि जितेको छ भने एक पटक फाइनलमा हारेको छ। सन् २०२२ मा नेपाललाई हराएर उपाधि जितेको बंगलादेशले सन् २०१६ मा फाइनलमा भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो। दक्षिण एसियामा नयाँ शक्ति बनेर बंगलादेश उदाएको छ ।

अहिलेसम्म ५ संस्करणमा मात्र सहभागी भएको पाकिस्तानका लागि पहिलो संस्करणमा सेमिफाइनलसम्म पुग्नु नै प्रतियोगिताको सबैभन्दा ठूलो उपलब्धि हो।

प्रतिक्रिया दिनुहोस् :