काठमाडौं गुर्खाजलाई ११८ रनको लक्ष्य

काठमाडौं / नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले एक बल बाँकी छँदै सबै विकेट गुमाएर ११७ रन बनायो।
विराटनगरका लागि राजेश पुलामी मगर २५, दिपक बोहरा २० , स्कट एडवार्ड १५,, बसिर अहमद १३, निकोलश किर्तन १२, लोकेश बम ९, सुवास भण्डारी ६, इस्मत आलम ५, क्रिश सोल एक, सन्दीप लामिछाने शून्यमा आउट भए।
जेरार्ड एरासम तीन, दिपेश कंडेल दुई , डन डौथवेथ, कप्तान करण केसी, साहव आलमले एकएक विकेट लिए।
जारी एनपीएलमा काठमाडौंले ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक जोडेको छ काठमाडौं तालिकाको पाँचौं स्थानमा छ। समान खेलमा ४ अंक जोडेको विराटनगर छैटौं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस