एमाले राजनीति गर्न नभई देश बनाउन बनेको पार्टी हो : प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउन बनेको पार्टी रहेको बताएका छन्।
आइतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले एमाले जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी भएको उल्लेख गरे। उनले देशमा सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पुर्याउनका लागि एमाले बनेको बताए।
नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले कामहरु गरिरहेको बताए। उनले परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न नेता कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए।
उनले भने, ‘परिस्थितिमा परिवर्तन ल्याउने गरी नै यहाँबाट फर्किएर गएर यसलाई व्यवहारिक, मूर्त रुप दिने काम गर्नु हुनेछ। मैले विश्वास लिएको छु। हाम्रो पार्टी जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी हो। यो राजनीति गर्न बनेको पार्टी होइन। यो देश बनाउन बनेको पार्टी हो।’
प्रधानमन्त्री ओलीले जनताले सजिलोसँग बाँच्न पाउनुपर्ने एमालेको मुख्य एजेण्डा रहेको बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस