प्रम दाहालले पुन लिए विश्वासको मत

काठमाडौं, ६ चैत्र / सत्ता समीकरण परिवर्तन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट पुन विश्वासको मत लिएका छन् । सोमबार सम्पन्न प्रतिनिधि सभाबाट छोटो अवधिमा अर्को पल्ट विश्वासको मत लिएका हुन् ।
सोमबार बसेको प्रतिनिधि सभामा प्रम दाहालले पुन एक पल्ट विश्वासको मत दिन सम्पूर्ण सांसदहरुमा प्रस्ताव राखेका थिए । उनले विश्वासको मत माग्दै राखेको प्रस्तावमा प्रतिनिधि सभा सदस्यहरूले मतदान गरेका थिए । प्रधानमन्त्री दाहालको प्रस्तावको पक्षमा १७२ मत खसको थियो ।
प्रधानमन्त्री दाहालले राखेको प्रस्तावको विपक्षमा ८९ मत परेको छ । सोमवार बसेको प्रतिनिधि सभामा २ सय ६२ सांसदहरुले मतदान गरेका थिए । तीमध्ये १ सांसदले मतदान नै गरेनन् । प्रम दाहालले गत पुस २६ मा प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए । त्यतिबेला उनले २६८ जना सांसदको विश्वासको मत पाएका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस