१० रुपैया घट्यो इन्धनको मूल्य, पेट्रोलमा ३ रुपैया कम र ग्यासको मूल्य यथावत

काठमाडौं, २१ चैत / नेपालमा चर्को बृद्धि भएको इन्धनको मूल्य प्रति लिटर १० रुपैयाँले घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको सोमबार बसेको बैठकबाट इन्धनमा प्रतिलिटर १० रुपैया घटाउने निर्णय भएको हो ।
नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य मङ्गलवारदेखि नै लागू हुने निगमका अधिकारीहरुले बताएका छन् । आजदेखि लागू हुने डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले घटाएको छ भने पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको छ निगमले जानकारी दिएको छ ।
१ सय ७५ रुपैया तिर्दै आएका उपभोक्ताहरुकाले अब समायोजन भएको नयाँ मूल्य डिजेल र मट्टीतेलको नयाँ खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ तिर्नुपर्नेछ भने ३ रुपैया प्रतिलिटर घटेको पेट्रोलको नयाँ मूल्य १७५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ १ सय ६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १.३५० प्रतिकिलोलिटर कायम भएको छ । खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँमै यथावत् राखिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस