आदर्श पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार नेपाललाई दिईने
काठमाडौं, २४ चैत / नेपाल पत्रकार महासंघ काठमाडौ शाखाले प्रदान गर्ने आदर्श पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार किशोर नेपाललाई दिईने भएको छ । एक लाख एक हजार एकसय एघार रुपैयाँ राशीको आदर्श पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार नेपाललाई प्रदान गर्न लागिएको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय समितिको पूर्व अध्यक्ष एवं काठमाडौं शाखाका संस्थापक अध्यक्ष बरष्ठि पत्रकार किशोर नेपाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय शाखाको विहिवार बसेको बैठकले निर्णय गरेको थियो । आगामी शनिवार हुने शाखाको २३ औं साधारणसभामा सो पुरस्कार प्रदान बरिष्ठ पत्रकार नेपाललाई प्रदान गरिने शाखाका सचिव महेश्वर गौतमले जानकारी दिएका छन् ।
महासंघ काठमाडौ शाखाका संखरापुर नगरपालिकामा गत ३ र ४ चैतमा बसेको बैठकले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको र बिहीवारको कार्यसमिति बैठकले सो पुरस्कार शाखाका संस्थापक अध्यक्ष नेपाललाई प्रदान गर्ने निर्णय गरेको सचिव गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै