ललिता निवास जग्गा काण्डमा पूर्वनिर्वाचन आयुक्त सहित ७ जना पक्राउ

sudhir-kumar-shah

तातोखबर,१२ असार । ललिता निवास जग्गा काण्डमा पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाह पक्राउ परेका छन्। उनी २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो ।

यससंगै आजै ७ जना पक्राउ परिसकेका छन्।

Advertisement:sudhir-kumar-shah

पक्राउ पर्नेहरुमा
-भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गरूङ
-डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख ( सहसचिव) कलाधर देउजा,
-कर्मचारीहरु सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की,र भूपेन्द्रमणि केसी रहेका छन् ।

निर्वाचन आयोगका पूर्व आयुक्तसमेत रहेका आफ्नो पत्नीको नाममा १ रोपनी ११ आना जग्गा पाएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस् :