काठमाडौं महानगरपालिकाको ६८ वटा सहकारी बिरुद्द कानुनी कारबाहीको लागि प्रहरीलाई पत्र
२० असार, तातोखबर । काठमाडौं महानगरको सहकारी विभागले महानगरपालिका भित्रका ६८ वटा सहकारी संस्थाहरुले बचतकर्ताको रकम हिनामिना गरेको उजुरिको आधारमा कानुनी कारबाहीको लागि प्रहरीलाई पत्र काटेको छ ।
महानगरले २०७२ सालदेखि २०८० असारसम्म करिब २ हजार ७०० जना बचतकर्ताको १ अर्ब २१ करोड ३८ लाख रुपैयाँ हिनामिना भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा कारबाहीको लागि पत्र पठाएको छ ।
महानगरको सहकारी विभागले जनाए अनुसार २०७२ र ०७४ सालमा १-१ वटा २०७५ सालमा २ वटा, २०७६ सालमा ५ वटा, २०७७ सालमा ११ वटा र २०७८ सालमा १८ वटा सहकारीबाट बचतकर्ताका रकम हिनामिना भएको भन्दै प्रहरीलाई पत्र पठाएको थियो । त्यसयता सहकारीले रकम अपचलन गरेको संख्यामा उल्लेख्य वृद्धिहुँदै गएको छ । २०७९ पछि मात्रै ३० वटा सहकारीले ३३ करोड ६३ लाख रकम हिनामिना गरेको महानगरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
बजारमा खाने तेलको मूल्य बढ्यो : व्यापारीले चाडपर्वको मौका छोपे
-
२.
सुनको भाउमा दैनिक नयाँ कीर्तिमान बन्दै : आज फेरी ६ सय रुपैयाँले बढ्यो
-
३.
विपक्षी दलहरूले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने
-
४.
अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालको क्लिन स्विप
-
५.
साफ महिला च्याम्पियनसिप : नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै