रास्वपा संसदीय दलको बैठक आज
८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । अपराह्न पाँच बजे बस्ने बैठकमा संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने लगायतका एजेण्डामा छलफल हुने जनाईएको छ ।
बैठकमा पार्टीले राखेका संकल्प प्रस्ताव, संसद्को पछिल्लो गतिविधि लगायत विषयमा पनि छलफल हुने प्रमुख सचेतकले जानकारी दिएका छन् ।
रास्वपामा संसदीय समितिका सभापतिको चयनका लागि भदौ ११ गते निर्वाचन हुँदै छ । प्रमुख दलहरुले समितिको सभापतिमा भागबण्डा गरेका छन् । सभापति चयनको प्रक्रिया १० गतेदेखि सुरु हुने भएकाले पार्टीको धारणा तय गर्न रास्वपाको बैठक बस्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै