नेप्से सूचकमा २९.८१ अंकको गिरावट- सेयर बजार राताम्मे

NEPSE-fall in nepal

भाद्र १७, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचकमा २९.८१ अंकको गिरावट आएको छ । आज नेप्से सूचक २९.८१ अंकले घट्दै १९६०.७८ को विन्दुमा ओर्लिएको हो ।
सेन्सेटिभ इन्डेक्स समेत आज ५.०९ अंकले घटेर ३७६.६२ को विन्दुमा झरेको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको हो । होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा बढी ३.०३ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.०३ प्रतिशतले र जीवन बीमा र नर्जीवन बीमा समूहको उपसूचक समान २/२ प्रतिशतले घटेका हुन् ।
समग्रमा २९ अंकले घटेको बजारमा आज कूल १ अर्ब १८ करोड ६६ लाख १८ हजार रुपैयाँ बराबरको ४० लाख ५३ हजार कित्ता सेयर बजारमा किनबेच भएको छ ।

आज थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने लिवर्टी ईनर्जी कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

Advertisement:NEPSE-fall in nepal

प्रतिक्रिया दिनुहोस् :