रेसुङ्गा नगरपालिकामा रोपाइँ जात्रा आज सार्वजनिक बिदा
२१ भदौ, गुल्मी । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाइँ जात्राको अवसर पारेर आज एक दिनका लागि गुल्मीको रेसुङ्गा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाले सूचना जारी गर्दै गत भदौ १० गते बसेको नगर कार्यपालिकाको निणर्य अनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
रोपाइँ जात्रा कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन नगरपालिका कार्यालय मातहतका वडा कार्यालयहरु, विद्यालयहरु, स्वास्थ्य संस्थाहरु लगायत यस नगरपालिका मातहतका सम्पूणर् निकायमा सार्वजनिक बिदा दिइएको जारी सूचनामा उल्लेख गरिएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अर्को दिन तम्घास बजारमा विभिन्न क्लब, समूह, संघसंस्थाले रोपाइँ जात्रालगायतका कार्यक्रमहरु गर्ने गरेकाछन् । यहाँ वषौं पहिलेदेखि कृष्ण जन्माष्टमीको अवसरमा रोपाइँ जात्रा गरेर मनाउने प्रचलन रहँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
बजारमा खाने तेलको मूल्य बढ्यो : व्यापारीले चाडपर्वको मौका छोपे
-
२.
सुनको भाउमा दैनिक नयाँ कीर्तिमान बन्दै : आज फेरी ६ सय रुपैयाँले बढ्यो
-
३.
विपक्षी दलहरूले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने
-
४.
अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालको क्लिन स्विप
-
५.
साफ महिला च्याम्पियनसिप : नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै