वडा अध्यक्षको निधनमा काठमाडौं महानगरले शोक विदा मनाउने
काठमाडौं, २१ भदौ / काठमाडौ महानगर पालिकाको १६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजालको आज भएको निधनमा महानगरले शोक विदा मनाउने भएको छ । भोली शुक्रवार शिक्षण संस्थाबाहेकका महानगरभित्रका सबै कार्यालयहरु बन्द गरेर महानगरले शोक विदा मनाउन लागेको हो ।
नगरकार्यपालिका अन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजालको उपचारका क्रममा विहीवार विहान ७.३० बजे निधन भएको थियो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ११ बजे राष्ट्रिय सभा गृहमा राखिएको र त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको थियो । अन्त्येष्टीका लागि आर्यघाट लैजानुअघि स्वर्गीय रिजालको पार्थिव शरीरमा महानगरका मेयर बालेन्द्र शाहलगायत विभिन्न राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उच्च ज्वरो र निमोनियाँ देखिए पछि रिजाललाई अस्पताल लगिएका रिजालको ५ दिनको उपचार अवधि मध्ये २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पताल श्रोतले जानकारी दिएको छ । नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्ष निर्वाचित भएका रिजालको जन्म २०२७ साल कार्तिक १९ गते भएको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै