कैलाशमा हेटौंडा जेसीजको बृहत स्वास्थ्य शिविर

हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर– ३ कटुन्जेमा
हेटौंडा जेसीजले बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
शिविरमा ३५० जना स्थानीयको आँखा परीक्षण गरिएको थियो भने १४ जनामा मोतिविन्दुको समस्या देखिएकोले उनीहरुको निशुल्क शल्यक्रिया गरिने भएको कार्यक्रम संयोजक तथा हेटौंडा जेसीजका कार्यकारिणी उपाध्यक्ष अमृत वर्तौलाले जानकारी दिए ।
त्यस्तै शिविरमा ७६ जना पाठेघरको भिआइए इस्क्रिनको सेवा लिएकामध्ये ६५ जनालाई पाठेघरको मुखमा यौनजन्य समगस्यिा देखिएको र २ जनालाई थप उपचारको लागि सम्बन्धित अस्पतालमा रिफर गरिएको थियो ।
एक जनाको पिसाब थैली झरेको फेला परको थियो भने ५९ जनाले दन्त परीक्षण गराएका थिए भने ७ जनाको दाँत निकालिएको संयोजक वर्तौलाले बताए ।
शिविर कार्यक्रमलाई सम्बोधन गर्दै कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले यस्ता शिविरहरुबाट दूरदराजमा रहेका जनताको स्वास्थ्य सेवामा ठूलो टेवा पुगेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।
जेसीजका अध्यक्ष श्रवण कुमार वर्तौलाले शिविर सञ्चालनका लागि सहयोग पुर्याउने कैलाश गाउँपालिका, परिवार नियोजन संघ मकवानपुर, हेटौंडा सामूदायिक आँखा अस्पताल, निको अस्पताल प्रालि र पुजा डेन्टर क्लिनिकलाई धन्यवाद दिए ।
शिविरमा कैलाश गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल जेसीजका अरुण कुमार दाहाल, कविन सांगामी कृष्णबहादुर कार्की, बसन्त कप्रौला, एसिस रिजाल, विवेक आनन्द न्यौपाने, मकवानपुर क्याम्पस स्ववियु सभापति छाइसाङ लामा, सिनियर अनमी आशा कुमारी गुरुङ स्वास्थ्य शाखा प्रमुख कृष्ण यादवलगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस