मकवानपुरमा एक पुरुषको शव फेला

हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–४ पाँचपाण्डमा एक पुरुषको शव फेला परेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार पहिचान नखुलेको मागिखाई हिड्ने करिब ५५ को पुरुष मंगोलियन अनुहारको पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

Advertisement:

शव अहिले हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस् :