नेपालमा छायाङ्कन सकेर फर्कियो बलीउडको टोली
काठमाडौँ, १५ कार्तिक / नेपालको राजधानी सहित हिमाली जिल्लाहरुमा छायांकन गरेर नेपालमा सुटिङ गर्न आएको बलिउड चलचित्र ‘उचाई’को टोली फर्किएको छ । बलीउड सिनेमा निर्माण टोली नेपालमा २५ दिनसम्म छायाङ्कन गरी सकेर फर्किएको हो ।
नेपालका हिमाली जिल्लाहरुका साथै दुई दिन काठमाडौँमा सुटिङ गरिएको उक्त चलचित्रको छायांकन गर्ने तालिका गत शुक्रवार अक्टुवर २८ सम्मको तालिका निर्धारण गरिएको चलचित्र निर्माण श्रोतले जनाएको छ । राजश्री प्रोडक्शनले निर्माण गरिरहेको उक्त चलचित्रको छायांकन तालिका मुस्ताङदेखि मनाङका अलावा खोटाङको नाम्चेआदिको हिमाली विभिन्न स्थलहरु निर्धारण गरिएको थियो ।
निर्माण कम्पनीले जनाएअनुसार चर्चित बलीउड अभिनेता अभिताभ बच्चनसमेत उक्त चलचित्र छायांकनको शिलशिलामा नेपाल आउने भनिए पनि स्वस्थ्यमा समस्या देखिएपछि नेपाल आउन सकेनन् । निर्देशक सुरज वाडजात्या सहित चलचित्रका कलाकारहरु अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकारहरु सहभागी रहेको नेपाली चलचित्र उद्योगमा मनाङका निर्माता विनोद गुरुङले जानकारी दिएका छन् । ४ अक्टुरवरबाट छायांकन शुरु गरिएको उक्त चलचित्र छायांकन पहिलो चरणमा नेपालमा गरिएको हो भने दोश्रो चरणको छायांकन भारतमा नै हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मौसम : देशभर तापक्रम घट्ने क्रम जारी, एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
-
२.
महिला टि–२० विश्वकप : अस्ट्रेलियालाई स्तब्ध पार्दै दक्षिण अफ्रिका फाइनलमा
-
३.
साफ महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै
-
४.
युक्रेन बिरुद्ध रूसले १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्दै
-
५.
धर्मशालाको विवाद मिलाउन पर्यटनमन्त्रीले बोलाए परिषद् बैठक