बझाङ भूकम्प: ६ जना घाइते, राजमार्ग अवरुद्ध

काठमाडौँ – सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ६ जना घाइते भएका छन् । बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रज्वलन महर्जनले बताए ।

बझाङमा भूकम्पबाट घाइते भएकाहरू ५ जना बालबालिका हुन् । घाइतेहरूको अवस्था सामान्य छ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पका कारण बझाङमा पहिरो खसेको छ । पहिरोका कारण जय पृथ्वीबहादुर राजमार्गको बझाङ खण्ड अवरुद्ध भएको एसएसपी महर्जनले बताए । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको थियो ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :