सशस्त्र प्रहरीद्वारा ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद
काठमाडौं – सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ । प्रहरीले सिरहाको सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार, भारतबाट अवैध रुपले ल्याई लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहा र बोर्डर आउट पोस्ट (बीओपी) गडिगदियाबाट खटिएको टोलीले उक्त रकम बराबरको ७८ पोका लत्ताकपडा बरामद गरेको हो ।
स्थानीयबासिन्दाका तीन वटा गाई गोठको टहरामा लुकाई राखेको उक्त लत्ताकपडा कहिले र के प्रयोजनको लागि कसले राखेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
बरामद लत्ताकपडा आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस
-
२.
आज संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री, आजै संसदको चालू अधिवेशन अन्त्य हुने
-
३.
आज पनि बस्दैछ संवैधानिक परिषद्को बैठक
-
४.
लंका डी भिलेज रिसोर्टको ठगि : पानिको बिक्रि मूल्य ४५ राखेर ग्राहकसँग ६० रुपैंया उठाउँदै
-
५.
बेथिति र विचलनविरुद्ध आवाज उठाउँदा सरकार छाड्नु पर्यो : प्रचण्ड