ग्यास व्यवसायी संघ मकवानपुरको अध्यक्षमा मुडवरी
मकवानपुर – ग्यास व्यवसायी संघ मकवानपुर अध्यक्षमा केशव मुडवरी चयन भएका छन् ।
शनिबार हेटौंडामा भएको संघको ११ औं साधारणसभा तथा ५ औं जिल्ला भेलाबाट मुडवरीको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा नवीन लामा, सचिवमा मदनकुमार न्यौपाने, कोषाध्यक्षमा कृष्णबहादुर ढुंगाना र सह–सचिवमा मधुसूदन ढकाल रहेका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः रमेशप्रसाद कडेँल, रुपक बस्ताकोटी, कृष्ण मोक्तान, सञ्जय रौनियार, गोपाल श्रेष्ठ, सुदर्शन सुवेदी, राधाकृष्ण पराजुली, उत्तम पण्डित, अजय दंगाल र जितबहादुर सारु मगर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै