जर्मनीले ग्यास अभावमा कठिन निर्णयहरूको सामना गर्दै
आर्थिक मन्त्री रबर्ट हाबेकले डर स्पिगल पत्रिकासँग भन्नुभयो, “पर्याप्त ग्याँस नहुँदा ग्याँसको आवश्यकता पर्ने कुनै–कुनै उद्योगहरू बन्द गर्नुपर्ने भएको छ ।”
बिहीबार हाबेकले रूसबाट ग्यासको आपूर्ति कम भएपछि जर्मनीको आकस्मिक ग्याँस योजना अन्तर्गत सतर्कता स्तर बढाउनुभएको थियो । गत हप्ता रूसी ऊर्जा कम्पनी ग्याजप्रोमले पाइपलाइन मर्मतमा ढिलो भएको प्राविधिक कारण देखाउँदै नोर्ड स्ट्रीम पाइपलाइनमार्फत् जर्मनी आपूर्ति गरिने ग्यासको ६० प्रतिशतले कटौति गरेको थियो ।
यद्यपि जर्मनीले ग्यास कम्पनीको प्राविधिक समस्या आपुर्ति कटौति गर्नुको कारण नभएको बताएको छ । मस्कोको आक्रमणपछि यूक्रेनका लागि पश्चिमको समर्थनको प्रतिकारका कारण यो निर्णयको पछाडि ‘राजनीतिक’ उद्देश्य देखिएको जर्मनीको दावी छ ।
आपूर्तिमा कटौतीले जर्मनीलाई पहिले कहिल्यै नभएको स्थितिमा पु¥याएको हाबेकले बताउनुभयो । जर्मनी उद्योग र नागरिक दुवै आफ्नो आवश्यकता पूरा गर्न ऊर्जा आयातमा निर्भर छन् ।
पर्याप्त ग्याँस नभए जर्मनीले ‘कठिन समाजिक निर्णय’ गर्नुपर्ने हाबेकले बताउनुभयो । “निर्णय राम्रो त छैन नै कम गलत निर्णयहरू पनि गरिएका छैनन् ।”
यसबाट केही क्षेत्रहरूको परिणाम ‘भयानक’ हुनसक्ने र यसले ‘लामो समयसम्म’ प्रभाव पार्नसक्ने उहाँले बताउनुभयो ।
जर्मनीले डिसेम्बरसम्ममा आफ्नो ग्याँस भण्डारण केन्द्रहरूलाई ९० प्रतिशत भर्ने गरी निर्देशन दिएको छ ।
तर हाबेकको मन्त्रालयले बिहीबार प्रस्तुत गरेको अनुमानअनुसार यदि ग्यासको प्रवाहमा लक्ष्य पूरा हुने सम्भावना कम छ ।
१० असार (रासस/एएफपी) :
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै