गरिमा विकास बैंकको १७ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

काठमाडौं, ७ मंसिर /आफ्नो स्थापनाको १६ वर्ष पूरा भएको उपलक्ष्यमा गरिमा विकास बैंक लिमिटेडले राजधानीमा आज भव्य समारोहको आयोजना गरी १७ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले आफ्नो थप १ शाखाको समेत विस्तार गरी वार्षिक उत्सवको गरिमा बढाएको हो ।

आफ्नो २३ औं शाखा काठमाडौंको पुतलीसडकमा सञ्चालनमा ल्याएर १७ औं वार्षिक उत्सव मनाएको गरिमा विकास बैंकले देशभरमा १७ वटै सामाजिक कार्य पूरा गरी सामाजिक उत्तरदायित्व वहन गरेको सन्देश समेत उक्त अवसरमा दिएको छ ।

Advertisement:

सामाजिक सेवा क्षेत्रमा बैंकले प्रधान कार्यालय लाजिम्पाट, नारायणगढ शाखा, पोखरा शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै बढ्दो जाडो यामका लागि गलेश्वरधाम जेष्ठ नागरिक आश्रम म्याग्दी, श्री शिवपार्वती वृद्धाश्रम तथा बहुद्देश्यीय संस्था, स्याङ्जा र गुरुकुल वृद्धाश्रम स्याङ्जालाई न्यानो कपडा वितरण गरेको छ । त्यसैगरी झापाको बिर्तामोड नगरपालिकाका सबै वडा र भृकुटीपथ टोल विकास संस्था एवं पुतलीबजार टोल विकास संस्था चितवनका लागि डस्टबिन हस्तान्तरण गरेको छ ।

आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवका अवसरमा गरिमा विकास बैंकले श्री जनता माध्यमिक विद्यालय, मलंगवा, सर्लाहीमा अध्ययनरत कक्षा १ का ८५ जना विद्यार्थीका लागि स्कुल ब्याग वितरण वितरण गरेको छ । त्यसैगरी अनाथ तथा असहाय महिला कल्याण समाज, रुपन्देहीको अनाथ आश्रममा आवश्यक इन्भर्टर हस्तान्तरण गरेको छ । प्रशान्ति वृद्धाश्रम केन्द्र (सुर्खेत)लाई आवश्यक बेड हस्तान्तरण गर्नुका साथै बैंकले सामाजिक उत्तरदायित्व वहनस्वरुप ट्राफिक व्यवस्थापनलाई थप सहजीकरण होस् भन्ने हेतुले क्षेत्रीय ट्राफिक कार्यालय इटहरीको समन्वयमा डिजिटल बोर्ड स्थापना गरिदिएको छ ।

वित्तीय जागरुकताका लागि नेसनल इन्फोटेक कलेज, वीरगन्जमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्नुका साथै बैंकले सेती प्रादेशिक अस्पताल, धनगढीमा आर्थिक सहयोग एवं अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण, काठमाडौंको बूढानीलकण्ठ मन्दिरलाई १०० थान कुर्सी हस्तान्तरण, नेपाल प्रहरी अनाश्रित गुल्म, सुन्धारालाई भिजिटर कुर्सी हस्तान्तरण र अमर सेवा नेपाल अनाथ आश्रमलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले १ एक सय २३ शाखा कार्यालय र ५१ एटीएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ । हालै प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले ८० अर्ब निक्षेप सङ्कलन गरेको छ भने करिब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकमा ग्राहकको संख्या करिब ८ लाख छ ।

प्रतिक्रिया दिनुहोस् :