१४ किलो ५०० ग्राम लागूऔषध गाँजा सहित दुई महिला नियन्त्रणमा
तातोखबर, हेटौंडा / मिति २०८०।०८।२६ गते राती बिहान ०२:१० बजेको समयमा अस्थायी प्रहरी पोष्ट थानाभर्याङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ११ थानाभर्याङ कार्यालय अगाडी पुर्व पश्चिम लोकमार्ग सडकमा काठमाण्डौबाट महोत्तरी गौशला तर्फ जादैं गरेको बा.प्र. ०१-००६ ख ४४८९ नं. को यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा जिल्ला ताप्लेजुङ घर भई जिल्ला सर्लाही मलंगवा नगरपालिका वडा नं. ०४ बस्ने वर्ष ३० की मनिषा लिम्बु र ऐ.ऐ. बस्ने वर्ष ३९ की शान्ती लिम्बुको साथबाट लुकाई छिपाई गरी ल्याएको अवस्थामा लागु औषध गांजा १४ किलो ५०० ग्राम फेला परेको हुदाँ उक्त लागूऔषध सहित निजहरु मनिषा लिम्बु र शान्ती लिम्बुलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालतबाट दिन १४ को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी ले जनाएको छ
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु