त्रि.वि.मा सेवाग्राहीको घुइँचो, नतिजा भर्खरै प्रकाशित भएकाले अझै केहिदिन भीड हुनसक्ने
८ पुस, काठमाडौ । आइतबार विहानदेखी नै त्रिभुवन विश्वविद्यालयमा सेवाग्राहीहरूको घुइँचो निकै बाक्लो थियो । तीमध्ये भर्खरै स्नातक सकाएर ट्वान्स्कृप्टको लागि आवेदन दिन आउने विध्यार्थीहरूको संख्या तुलनात्मक रुपमा धेरै थियो ।
आइतबार पछि लगातार २ दिन सार्वजनिक बिदा भएकाले पनि आज अन्य सामान्य दिनहरूको तुलनामा सेवाग्राहीहरूको संख्यामा वृद्धि भएको हुनसक्ने त्रिभुवन विश्वविद्यालय प्रशासनले जानकारी दिएको हो । दिउँसो ३ बजेपछी विभिन्न सेवाहरूको शुल्क तिर्ने भौचर वितरण बन्द हुँदापनी सेवाग्राहीहरूको उल्लेख्य उपस्थिती आइतबार देखिन्थ्यो ।
विभिन्न सन्कायहरूको चौथो वर्षको नतिजा भर्खरै प्रकाशित भएकाले अझै केहिदिन त्रि.वि. मा भीड हुनसक्ने जानकारी विश्वविद्यालयले दिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै