इजरायलको हवाइ आक्रमणमा शरणार्थी शिविरका ७० जनाको मृत्यु
तातोखबर : इजरायलको हवाइ आक्रमणमा गाजापट्टीस्थित अल मगाजी शरणार्थी शिविरमा कम्तीमा ७० जनाको मृत्यु भएको छ।
सघन बसोबास रहेको आवसीय भवनमा इजरायली सेनाले गरेको बम आक्रमणमा कैयौँ मानिस घाइते भएको बताइएको छ। घाइतेलाई नजिकैको अल-अक्सा अस्पताल लैजाँदै गरेका दृश्य सञ्चारमाध्यममा सार्वजनिक भएका छन्। यीमध्ये धेरै बालबालिका रहेको जनाइएको छ।
इजरायलको आक्रमणमा तीनवटा आवसीय भवनमा क्षति पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गत अक्टोबर ७ मा हमास समूहले इजरायलमाथि आक्रमण गरेयता इजरायलले सुरु गरेको हवाई तथा स्थल आक्रमणमा गाजापट्टीमा हालसम्म २१ हजार बढीको मृत्यु भइसकेको छ भने ५४ हजार घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
‘टोल विकास संस्थाहरुको सक्रियता’ नामक पुस्तक सार्वजनिक
-
२.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
३.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
४.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
५.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै