गाईको मासुसहित तीन जना पक्राउ
बनेपा – गाईको मासुसहित काभ्रे पलाञ्चोकको पाँचखाल नगरपालिका–१ बाट तीन जना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–१, घुमाउने चौरमा गाई काटिरहेको सूचनाको आधारमा प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरी टोलीले गाईको मासुसहित सोमबार तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–१ का ३४ वर्षीय मीनबहादुर तामाङ, सोही स्थानका ३० वर्षीय सन्तबहादुर तामाङ र सिन्धुली घ्याङ्लेक गाउँपालिका–२ का २७ वर्षीय अर्जुन लामा थिङ रहे का छन् । पक्राउ परेका व्यक्तिबाट अन्दाजी ८५ किलो ग्राम गाईको मासु बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै