सन्दीपको मुद्दामा बहस सकिएन, भोलि बहस सकिने र फैसला आउन सक्ने
तातोखबर, काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको नाबालिका बलात्कार मुद्दा आज (बिहीबार) पनि हेर्दाहेर्दैमा राखिएको छ । बहस नसकिएपछि मुद्दा भोलि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । शुक्रबार बहस सकिने र फैसला आउने संभावना भने देखिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा गत आइतबारदेखि अन्तिम सुनुवाइ सुरू भएको हो ।
बिहीबार प्रतिवादी सन्दीपका तर्फबाट ३ जना वरिष्ठ अधिवक्तासहित ६ जनाले प्रतिरक्षा बहस सकाएका छन् । वरिष्ठ अधिवक्तात्रय शम्भु थापा, रमणकुमार श्रेष्ठ र सविता भण्डारीसहित ६ जनाले बहस गरेका अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।
उनका अनुसार सन्दीपतर्फकै कानुन व्यवसायी ५ जनाले बहस गर्न बाँकी रहेको छ । शुक्रबार उनीहरूको बहसपछि जवाफी बहस सकाएर मुद्दाको फैसला आउने सम्भावना रहेको पन्थीले बताएका छन् ।
बहस केही लम्बिएको खण्डमा आगामी आइतबारसम्म फैसला सुनाउने तयारी इजलासको छ । क्रिकेटर लामिछानेमाथि नाबालिका बलात्कारको आरोप छ। उनलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
पछि सर्वोच्च अदालतले विदेशका प्रतियोगिता खेल्न जान पाउने आदेश गरेसँगै उनी विभिन्न देशमा नेपालको प्रतिनिधित्व गरी खेल्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै