नेकपा एमाले प्रदेश पदाधिकारीको भेला काठमाडौंमा

तातोखबर, काठमाडौँ: नेकपा एमाले प्रदेश पदाधिकारीको भेला काठमाडौंमा हुने भएको छ । पुस १९ गते हुने भेलामा  सबै प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायततको सहभागिता रहने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए ।

भेलामा प्रदेश पदाधिकारीलाई अभिमुखीकरण तथा प्रशिक्षण दिइने छ । भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अधिकारीले बताए। केन्द्रीय पदाधिकारीले प्रदेश पदाधिकारीलाई अभिमुखीकरण दिने एमालेले जनाएको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :