राष्ट्रियसभा सदस्य निर्वाचन: सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धन बैठक
तातोखबर, काठमाडौँ: सत्ता गठबन्धन राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन जुटेको छ। गठबन्धन दलका नेताहरुबीच बालुवटारमा छलफल सुरु भएको छ।
अहिले कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीका नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
गएराति अबेरसम्म बसेको बैठकमा सहमति नजिक पुगेको बताइएको छ। अन्तिम निर्णय गर्न आज फेरी बसेको हो।
बैठकमा प्रमुख दलहरूले बढी सिटमा दाबी गरेपछि टुंगोमा पुग्न नसकेको हो। बैठकमा कांग्रेसले ११, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ३–३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १–१ सिट दाबी गरेका छन्।
सातै प्रदेशमा पुस २३ गते भोलि उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु