कालिकोटमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन
तातो खबर असार २२ कालिकोटको तिलागुफा नगरपालिका–९, १० र ११ मा जिल्ला स्वास्थ्य सेवा कार्यालयले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट चार सय ७३ जनाले सेवा लिएका छन् ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक डा रत्नवीर सुनारका अनुसार विशेषज्ञ स्वास्थ्य सेवाअन्तर्गत ४३ महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण, ४६ जनाको दाँतको उपचार, २७ जनाको भिडियो एक्स–रे र ६ पुरुषको बन्ध्याकरण गरिएको छ । सो क्रममा ३५० जनालाई औषधि वितरण गरिएको कार्यालयका सूचना अधिकारी कटबहादुर महतले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरलाई जिल्लाभर अभियानकै रूपमा सञ्चालन गर्ने योजना रहेको महतले बताउनुभयो । स्वास्थ्य शिविरका सबै प्रकार स्वास्थ्योपचारका सेवा दिने योजना छ । “जनशक्तिले भ्याएसम्म दुर्गम तथा पिछडिएको क्षेत्रमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिनेछ”, महतले भन्नुभयो । :रासस
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै