राष्ट्रपतिले पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरे

तातोखबर, काठमाडौं / राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।
यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबारको पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेका छन्।
राष्ट्रपतिले प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको शालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन्। नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो। सैनिक टुकडीले पञ्चेबाजा बजाएको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस