चितवनको तीन नम्बर पुल नजिकैबाट जीप त्रिशूलीमा खसेको जानकारी

तातोखबर, काठमाडौं / मुग्लिन–नारायणगढ सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुल नजिकैबाट गाडी त्रिशूली नदीमा खसेको छ।
गाडी खसेको जानकारी बिहान ४ बजेतिर पाएपछि गोताखोरको टोलीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) राजेन्द्र अर्यालले जानकारी दिए। ‘सूचना पाएपछि घटनास्थलमा पुग्दा पानीभित्र गाडीको बत्ती बलिरहेको देखियो’, उनले भने, ‘त्यसपछि गोताखोरको टोली बोलाएर गाडी निकाल्ने प्रयासमा छौँ।’
अहिले गोताखोर टोलीले अहिले डुबेको गाडीमा डोरी बाँधेको छ। केहीबेरमा गाडी बाहिर निकाल्ने मुग्लिन प्रहरीले जनाएको छ। बोलेरो जीप रहेको र गाडी भित्र मान्छे नभेटिएको गोताखोर टोलीलाई उद्धृत गर्दै वरिष्ठ सई अर्यालले बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस