बैंगलोर टी-२० को निर्णय २ सुपर ओभर, भारतले जित्यो पुरै सिरिज

तातोखबर, क्रिकेट / भारत र अफगानिस्तान बीचको शृङ्खलाको तेस्रो र अन्तिम टी-२० खेल बुधबार १७ जनवरी बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा खेलिएको थियो । भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । भारतीय टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१२ रन बनाएर अफगानिस्तानलाई जितका लागि २१३ रनको लक्ष्य दिएको थियो ।

पाहुना टोली अफगानिस्तानले ६ विकेट गुमाएर २१२ रन बनाएको थियो । यसरी खेल बराबरीमा रोकिएपछी सुपर ओभरमा गयो खेलको पहिलो सुपर ओभर पनि बराबरीमा सकिएपछि दुवै टोलीले १६-१६ रन बनाएका थिए । त्यसपछि दोस्रो सुपर ओभरमा भारतले ११ रन बनाए पनि अफगानिस्तानले १ रन मात्र जोडेर २ विकेट गुमाएको थियो । यससँगै भारतले ३ खेलको सिरिजमा ३-० ले जित हात पारेको छ । घरेलु टोली भारतले शृङ्खलाका शुरुका दुवै टी-२० खेल समान ६ विकेटले जितेको थियो ।

Advertisement:

भारतको प्लेइङ इलेभेनमा : यशस्वी जैसवाल, रोहित शर्मा (कप्तान), विराट कोहली, शिवम दुबे, सञ्जु सैमसन (विकेटकिपर), रिंकु सिंह, वाशिंगटन सुन्दर, रवि बिश्नोई, मुकेश कुमार, कुलदीप यादव र आवेश खान रहेका थिए ।

अफगानिस्तानको प्लेइङ इलेभेन: रहमानुल्लाह गुरबाज (विकेटकिपर), इब्राहिम जद्रान (कप्तान), गुलबादिन नाइब, अजमातुल्लाह ओमरजाई, मोहम्मद नाबी, नजिबुल्लाह जद्रान, करिम जनात, शराफुद्दीन अशरफ, कैस अहमद, मोहम्मद सलीम साफी र फरीद अहमद मलिक रहेका थिए ।

प्रतिक्रिया दिनुहोस् :