रोकिएका कम्पनीका आईपीओ निष्कासनका लागि अनुमति दिन सरकारसँग आग्रह

Chandra-prasad-dhakal

तातोखबर, काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आईपीओ निष्कासनका लागि अनुमति दिन सरकारसँग आग्रह गरेका छन्।

इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले काठमाडौंमा बुधबार आयोजना गरेको अन्तरक्रियामा ढकालले करिब २५ देखि ३० वटासम्म कम्पनी नियमित आईपीओमा लैजानका लागि लाइनमा रहे पनि रोकिएको बताए। उनले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आईपीओ निष्कासन गर्न दिनुपर्ने तर्क गरे। उनले धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आइपीओ निष्कासन रोक्नु नहुने बताएका हुन्।

Advertisement:Chandra-prasad-dhakal

‘‘करिब २५ देखि ३० वटासम्म कम्पनी रेगुलर आईपीओमा लैजानका लागि लाइनमा छ। त्यो धेरै महिनाअघिबाट रोकिएको अवस्था छ। मलाई लाग्छ ३० वटा जति कम्पनी लाइनमा छ’, उनले भने, ‘‘त्यस्तो किसिमको आईपीओमा जाने कुरा रोकिएको छ। प्रक्रियामा भएको र प्रक्रियाको अन्तिम चरणमा पुगेको कम्पनीलाई आईपीओ निष्कासन गर्न दिनुपर्छ।’

अध्यक्ष ढकालले बैंकबाट लिएको ऋण तिर्नै पर्दैन भन्ने सन्देशले आम सर्वसाधारणमा अन्योल सिर्जना गरेको बताए। उनले अहिले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनिरहेको धारणा राखे।

प्रतिक्रिया दिनुहोस् :