नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

तातोखबर, शेयर बजार / आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक शून्य दशमलव ८७ अंकले घटेर २ हजार दशमलव ७७ को विन्दुमा कायम भएको हो।
३०८ कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता शेयर ४१ हजार ६७९ पटक खरिदबिक्री हुँदा २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ।
७ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। विशालबजार कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु लिमिटेड) र बोटलर्स नेपाल (तराई) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सबैभन्दा धेरै गुमाउनेमा भने सामलिङ पावर कम्पनी लिमिटेडका शेयरधनीले ६ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन्।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १२ करोड ६९ लाख ६५ हजार रुपैयाँ बराबरको २ लाख ७७ हजार २२० कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस