एशियन राजमार्ग निर्माणका लागि झापाबाट रुख काट्न शुरु

great-asian-highway-mechi-bridge

तातोखबर / पूर्वपश्चिम एशियन राजमार्ग निर्माणका लागि झापाको काँकरभिट्टाबाट रुख काट्न शुरु गरिएको छ।

‘दुई लेन’सडकलाई ४ लेनमा रुपान्तरण गर्न थालिएको एशियन राजमार्गमा आज (बिहीवार) रुख कटान शुरु भएको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिएका छन् ।

Advertisement:great-asian-highway-mechi-bridge

एशियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा–सितापुरीलाई पूर्वीखण्ड र सितापुरी–मावा खोलालाई पश्चिमखण्डमा गरि २ भागमा विभाजन गरिएको छ।

उनका अनुसार पूर्वीखण्डको ठेक्का प्रक्रिया सम्पन्न भइसकेकाले काँकरभिट्टा–सितापुरीखण्ड सम्मको ४५ किलोमिटर सडकका ४ हजार ७२३ रुख आ बाट काट्न थालिएको हो।

उनका अनुसार निर्माण ठेक्का पाएको कम्पनीले २ महिनाभित्र काँकरभिट्टादेखि केरखासम्मका रुख कटान गरिसक्नुपर्ने छ। प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले आज विहान धुलाबारीमा पूजापाठ गरी रुख कटान शुरुवात गरेका हुन्।

रुख कटान शुरु भएसँगै सडक विस्तार शुरु भइसकेको एशियाली विकास बैंक आयोजना कार्यालय दमकका प्रमुख सुनिलबाबु पन्तले बताए। उनले राजमार्गका उत्तर दक्षिण विभिन्न भागमा साइड क्लियरेन्सको काम पनि भइरहेको बताए।

एशियाली विकास बैंकको सहयोगमा निर्माण शुरु भएको काँकरभिट्टादेखि केरखासम्मको सडक करिब १० अर्ब रुपैयाँको लगानीमा सम्पन्न गर्ने गरी एभ्रासकन कालिका जेभीले जिम्मा लिएको छ।

एशिया महादेशका ३२ मुलुक जोड्ने महान एशियाली राजमार्गअन्तरगत नेपालमा मेचीपुल निर्माणसँगै संरचना निर्माण सुरु भएका छन्।

फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना घटाउन तथा पूर्वी नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने अपेक्षा राखिएको छ।

प्रतिक्रिया दिनुहोस् :